समाचार

प्रतिनिधि सभाः भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकमा ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो...

चितुवाको आक्रमणबाट धादिङमा चार जना घाइते

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणमा परेर चार जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट थानीय दीपक श्रेष्ठ, विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवक घाइते भएका छन् । घाइते चारै जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको वडाध्यक्ष गौतमहरि अधिकारीले जानकारी...

शिक्षा समितिको सभापतिका लागि थापा दिए उम्मेदवारी

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले उम्मेदवारी दिएका छन् । समिति सभापतिको भोलि चैत्र ७ गते हुने निर्वाचन अन्तरगत थापाले आज मनोनयन दर्ता गराएका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद थापाले संसद् भवनमा पुगेर समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । थापाको प्रस्तावकमा...

कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै मन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी...

लागूऔषधसहित हेटौंडाका युवक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागूऔषधसहित सोमबार दिउँसो हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ घर भएका २३ वर्षीय राम बिक रहेका छन् । उनलाई काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–११ कपन त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४८ मिलिग्रामसहित पक्राउ गरिएको हो । उनलाई प्रहरी प्रभाग कपनबाट...

इजाजत पाएका हतियारको विवरण पठाउन निर्देशन

काठमाडौं । सरकारले इजाजत दिइएका हतियारको विवरण पठाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले मंगलबार मातहतका निकायलाई इजाजत दिइएका हतियारको विवरण पठाउन निर्देशन दिएको हो । मन्त्रालयले हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको हो । हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति...

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

काठमाडौं । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८...

मंगलबार नेप्से ६ अंकले घट्यो

काठमाडौं । आज साता कारोबारको तेस्रो अर्थात मंगलबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इन्डेक्स समेत १.१६ अंकले घट्दै ३६८.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से ६ अंकले घटेको बजारमा आज ३...

११ जिल्लाका सीडीओको सरुवा

काठमाडौं । ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । गृह मन्त्रालयले विभिन्न ११ जिल्लाका सीडीओको सरुवा गरेको हो । संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्का, सुर्यबहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा सरुवा गरेको हो । रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

काठमाडौँ । नेकपा एमालेको कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत चुनिएकी छिन् । नवौं जिल्ला अधिवेशनबाट यसअघि कार्यवाहक अध्यक्ष रहेकी बुढालाई सर्वसम्मत अध्यक्ष बनाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्ष मण्डलले पदाधिकारीमा आकांक्षी...