शिक्षा समितिको सभापतिका लागि थापा दिए उम्मेदवारी
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
समिति सभापतिको भोलि चैत्र ७ गते हुने निर्वाचन अन्तरगत थापाले आज मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एकीकृत समाजवादीका सांसद थापाले संसद् भवनमा पुगेर समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् ।
यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए ।
जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा निर्वाचन हुन लागिएको हो ।
