चितुवाको आक्रमणबाट धादिङमा चार जना घाइते

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार १६:५४

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणमा परेर चार जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट थानीय दीपक श्रेष्ठ, विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवक घाइते भएका छन् ।

घाइते चारै जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको वडाध्यक्ष गौतमहरि अधिकारीले जानकारी दिए ।

वडाध्यक्षका अनुसार, सोमबार साँझ किाचतुवाले कुकुर लगेको थियो । मङ्गलबार बिहान चितुवाले कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपकले चितुवालाई भगाउन खोज्दा उनीमाथि आक्रमण भएको थियो ।