समाचार

मुख्यमन्त्रीद्वारा मनहरीको रजैया दर्दरा मोटरेवल पुलको शिलान्यास

मकवानपुर । मकवानपुरको मनहरीस्थित रजैया दर्दरा मोटरेवल पुलको सोमबार शिलान्यास गरिएको छ । मनहरी–९ र ५ नम्वर वडा जोड्ने उक्त पुलको एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका हुन् । सो क्रममा बोल्दै बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मुलुक संघीयतामा गएपश्चात गाउँ–गाउँमा विकास निर्माणको काम धमाधम भैरहेको बताए ।...

सर्लाहीमा गोली चल्यो, दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको छ । भारतको मोतिहारी घर भएका २४ वर्षयी जितेन्द्र राउत र विहारको सीतामढी सैयाग्राम बस्ने २८ वर्षको सन्नीकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली...

बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौँ । बागलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जनाको घटनास्थलमै र दुई...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद्को भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यस्तै, आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानहरुमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ । महाशाखाका अनुसार, आज...

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ । उक्त कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिउँसो २ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ...

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको जनाइएके छ । सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । पूर्व...

टिपर दुर्घटना हुँदा हेटौंडाका वाईबा घाइते

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–१ खोप्लाङमा सोमबार टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा टिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ भोर्ले बस्ने ४३ वर्षीय बिर बहादुर वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...

मकवानपुरमा एक पुरुषको शव फेला

मकवानपुर । मकवानपुरमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयास्थ्ति चौधमाईल कालिका सामुदायिक बनमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो सवा १२ बजेको समयमा...

नवोदयद्वारा शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरक्रिया

मकवानपुर । हेटौंडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले वडास्थित टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग आज अन्तरक्रिया गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अन्तरक्रिया गरी सहभागीहरुबाट रचनात्मक सुझाव संकलन गरिएको विद्यालयका माध्यमिक तह संयोजक सिएम रिमालले जानकारी दिए । छलफलका क्रममा, सहभागीहरुले विद्यालयको अथक मिहेनतका...