समाचार
राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय सभाको सोमबार बसेको बैठकबाट शोक प्रस्ताव पारित भएको छ । बैठकबाट जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको हो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो । बैठकमा अध्यक्ष दाहालले सांसद...
सोमबार नेप्सेमा सुधार, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा सुधानर देखिएको छ । अघिल्लो दिन आइतबार गिरावट आएको नेप्सेमा आज भने सुधार देखिएको हो । आज नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार ७३.५३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो । यसअघि सोमबार नेप्से १० अंकले घटेको...
आज राष्ट्रिय सभाको बैठक पनि बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा...
बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन
मकवानपुर । बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को चैत १ गतेको निर्णय अनुसार एक वर्षभित्र बागमती प्रदेश ब्याडमिन्टन संघको निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएको हो । संघको अध्यक्षमा सिन्धुलीका रुद्रबहादुर थिङ, उपाध्यक्षमा ललितपुरका श्याम शरण महर्जन, काठमाडौंका राजु...
राजस्व कार्यालय हेटौंडाद्वारा साढे ४ अर्ब माथिको राजस्व सङ्कलन
मकवानपुर । आन्तरिक राजस्व कार्यालय, हेटौंडाले साढे ४ अर्बमाथिको राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना बाँकी हुँदा सो रकम बराबरको राजस्व संकलन गरेको हो । कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्ममा ४ अर्ब ५ करोड ३८ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको...
४ सय ६४ जनाले गराए निःशुल्क आँखा परीक्षण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न वडाहरुमा गरिएको निःशुल्क आँखा परीक्षणमा ४ सय ६४ जनाले सेवा लिएका छन् । शनिबार र आइतबार गरी दुई दिन आयोजना गरिएको आँखा शिविरमा उनीहरुको निःशुल्क आँखा जाँच गराएका हुन् । आँखा शिविर मनहरी गाउँपालिकाको आयोजना र हेटौँडा सामुदायीक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन...
प्रतिनिधि सभाको बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । जसअनुसार बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने, माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य...
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । जसअनुसार बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा समितिको सभापतिको...
जसपाद्वारा केन्द्रीय सम्पर्क समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन गरिएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ्ग ब्लोन विकास मुख्यसचिव पूर्ण राई सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव...
रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित
मस्को । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिनले जीत हाँसिल गरेका हुन् । उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अनुसार, जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी...








