बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन

तु खबर संवाददाता
२०८० चैत्र ५, सोमबार १०:१३

मकवानपुर । बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन गरिएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को चैत १ गतेको निर्णय अनुसार एक वर्षभित्र बागमती प्रदेश ब्याडमिन्टन संघको निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएको हो ।

संघको अध्यक्षमा सिन्धुलीका रुद्रबहादुर थिङ, उपाध्यक्षमा ललितपुरका श्याम शरण महर्जन, काठमाडौंका राजु बास्तोला, भक्तपुरका नविन प्रजापति, ललितपुरका खगेन्द्र शाही, काभ्रेपलाञ्चोकका उपेन्द्र घिसिङ चयन भएका छन् ।

यसैगरी, महासचिवमा सिन्धुलीका शुक्रराज थिङ, सचिवमा मकवानपुरका मंगल प्रताप बानियाँ (केबल), कोषाध्यक्षमा मकवानपुरका माधवी बोस चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा क्रमशः रामेछापका इलक सिंह तामाङ, काभ्रेपलाञ्चोकका देवक श्रेष्ठ, दोलखाका सागर श्रेष्ठ, चितवनका बुद्धिराम थारु, काठमाडौंका कुमार अर्याल, धादिङका बुद्धि बहादुर थापा, मकवानपुरका अभिषेक बोस, काभ्रेपलाञ्चोकका अनुज पौडेल, ललितपुरका अशोक कुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकका राम त्रिपाठी, सिन्धुलीका रुपक थिङ, सिन्धुपाल्चोकका टासी डोमा तामाङ, चितवनका खुश गुरुङ र नुवाकोटाका बद्री रिमाल रहेका छन् ।