समाचार
सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार गृह–सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सो निर्देशन दिएका हुन् । मन्त्री लामिछानेले मन्त्रालयमा भएको...
सांसद मञ्जु शर्मा अन्सारीको निधन
काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । सांसद अन्सारीको ६० वर्षको उमेरमा आज निधन भएको हो । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको सो पदमा उनी...
सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार, गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा...
नागरिक उन्मुक्तिले बोलायो संसदीय दलको बैठक
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको बैठक बोलाएको छ । सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिन नाउपाले दलको बैठक बोलाएको हो । नाउपाले आइतबार (आज) दिउँसो २ बजे प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो । बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा...
हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण, ३३१ जनाले लिए सेवा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङले शनिबार आयोजना गरेको हो । मकवानपुर सहकारी अस्पतालसँग सहकार्य गरी सञ्चालित उक्त शिविरमा ३३१ जनाले सेवा लिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा...
दलित संघमा आवद्ध अधिकारकर्मी र सञ्चारकर्मीबीच अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दलित संघमा आवद्ध रहेर काम गर्ने अधिकारकर्मीहरु र सञ्चारकर्मीहरुबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया भएको हो । कार्यक्रम दलित महिला संघ (फेडो) को आयोजनामा शनिबार सम्पन्न भएको हो...
युवा संघ हेटौंडाको नेतृत्व काफ्लेलाई
मकवानपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिकाको नेतृत्व अनिल काफ्लेले पाएका छन् । राष्ट्रिय युवा संघ नेपाल हेटौंडाको शनिबार सम्पन्न बृहत् युवा भेलाबाट काफ्लेको संयोजकत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, उपाध्यक्षमा गोविन्द नेगी, सचिवमा अर्जुन प्रसाद दुलाल, उपसचिवहरूमा सचिन राई...
चितवनमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु
चिवतन । चितवनमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–६, जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको हो । टायर पञ्चर भएर रोकिरहेको ना ६ ख ३२८० नम्बरको ट्रकमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस ठोक्किंदा...
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै
पोखरा । आज पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भएका हुन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको छ । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया...









