सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार गृह–सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सो निर्देशन दिएका हुन् ।
मन्त्री लामिछानेले मन्त्रालयमा भएको छलफलमा कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिए ।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिए ।
