समाचार

मकवानपुरका १२४ घरपरिवारलाई जग्गाधनी पूर्जा

मकवानपुर । मकवानपुरका १२४ घरपरिवारलाई जग्गाधनी पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आयोग गठन भएको यो अवधिमा १२४ घरपरिवारलाई लालपूर्जा वितरण गरेको जानकारी गराएको हो । आयोगले जिल्लाको बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरी ६ जना भूमिहिन दलितलाई लालपूर्जा दिएको...

हेटौंडामा प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित पल्पसा सदनमा सुरु भएको उक्त प्रदर्शनी मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिले आयोजना गरेको हो । उक्त प्रदर्शनीको एक कार्यक्रमबीच प्रदेशकी सामाजिक विकास मन्त्री...

सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ः३० बजे बस्ने गरी बोलाइएको हो । सो कार्यदलले शुक्रबार नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसँग छलफलका लागि प्रस्तुत...

हेटौंडाबाट एक पुरुष पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मुस्कान टोलबाट प्रहरीले बिहीबार अवैध लागूऔषधसहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय अशोक बाबा भन्ने राजिब मोक्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । मोक्तानलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषध ट्रामाडोल १...

मकवानपुरको भीमफेदीमा क्रिकेट प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदीमा तेस्रो संस्करणको ६ ए रिभर साइट क्रिकेट प्रतियोगिता हुँदैछ । रेड स्वाइल क्रिकेट क्लबले भोलि शनिबार भीमफेदी–१, सामरीमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले कुनै शूल्क तिर्न नपर्ने जनाइएको छ । वनभोज...

मकवानपुरमा ४३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा ४३७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालत मकवानपुरका तथ्याङ अनुसार, जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ६ महिनामा १ हजार ५९९ वटा मुद्दा दर्ता भएकोमा ४३७ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको पाइएको हो । सम्बन्ध...

रौतहटमा मनि ट्रान्सफर सन्चालकमाथि गोली प्रहार

काठमाडौँ । रौतहटमा मनि ट्रान्सफर सन्चालकमाथि गोली प्रहार भएको छ । शुक्रबार शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको जानकारी दिएकी छिन् । पक्राउ परेकाहरुको साथबाट हतियार...

किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी भएको छ । सुन तस्करी सम्बन्धी जाँच गर्नका लागि गठन गरिएको उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ...

सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण...

गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो । बैठक सुरु भएलगत्तै सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न समय दिएपछि कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने...