रौतहटमा मनि ट्रान्सफर सन्चालकमाथि गोली प्रहार
काठमाडौँ । रौतहटमा मनि ट्रान्सफर सन्चालकमाथि गोली प्रहार भएको छ । शुक्रबार शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको जानकारी दिएकी छिन् ।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको उनलाई बताइन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
