सोमबार नेप्सेमा सुधार, साढे २ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० चैत्र ५,सोमबार १५:३१

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा सुधानर देखिएको छ । अघिल्लो दिन आइतबार गिरावट आएको नेप्सेमा आज भने सुधार देखिएको हो ।

आज नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार ७३.५३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो । यसअघि सोमबार नेप्से १० अंकले घटेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स समेत १.३० अंकले बढ्दै ३६९.५६ अंकमा उक्लिएको जनाएको छ ।

१३ वटा उपसूचकमध्ये आज बैंकिङ, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक ऋणात्मक भएको छ भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।

आज नेप्से बढेसँगै २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ ४२४ कित्ता सेयर कारोबार भएको छ ।