मकवानपुरमा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयास्थ्ति चौधमाईल कालिका सामुदायिक बनमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो सवा १२ बजेको समयमा हाल नाम, थर, बखत नखुलेको अन्दाजी ४१ वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतक पुरुषको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
