कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

तु खबर संवाददाता
२०८० चैत्र ६,मंगलवार १६:३९
file-photo

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै मन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुनसहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ ।

तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको भन्दै गिरीले आरोप लगाए ।