इजाजत पाएका हतियारको विवरण पठाउन निर्देशन
काठमाडौं । सरकारले इजाजत दिइएका हतियारको विवरण पठाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले मंगलबार मातहतका निकायलाई इजाजत दिइएका हतियारको विवरण पठाउन निर्देशन दिएको हो ।
मन्त्रालयले हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो ।
