पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाइएको हो ।
जस अनुसार, पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको जनाइएको छ ।
यसैगरी, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
