नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिमा थप सदस्य मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा थप सदस्यहरू मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा थप ४१ जनालाई मनोनयन गरेका हुन् ।
मनोनित गरिएको सदस्यहरुमा क्रमशः दिपकराज ओझा (कैलाली), अशोक सिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), ई.सुदिप अधिकारी (लम्जुङ), र भावना रिजाल (पाँचथर) रहेका छन् ।
यसैगरी, अमृत उप्रेती (काभ्रे), प्रविण कैनी (तनहुँ), आशिष वर्मा (बाँके), सिद्धराज जोशी (अछाम), प्रज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत (रामेछाप), देउमान लोङ्वा (ताप्लेजुङ), अमितकुमार साह (सिरहा), संस्कार कोइराला (कास्की), प्रदिप शर्मा (पर्वत), प्रविनराज कँडेल (लम्जुङ), निश्चल घिमिरे (मोरङ), करुणासागर सिग्देल (सिन्धुपाल्चोक), रवि योगी (सुर्खेत) र डम्मर साउँद (बाजुरा) मनोनित भएका छन् ।
यस्तै, डण्डीराज जोशी (कैलाली), निराजन बटला (अछाम), असितमान श्रेष्ठ (काठमाडौं), खेम राउत (उदयपुर), अनिता सापकोटा (काभ्रे), झिमलाल चापागाईँ (स्याङ्जा), सि.ए. आशिषचन्द्र न्यौपाने (भोजपुर), आकाश उप्रेती (चितवन), सुमित बोहरा (कैलाली), दिप जैसी (अछाम), मंगल रावत (बाजुरा), दिलिप आचार्य (दाङ), रामचन्द्र महरा (बैतडी) र लोकेन्द्र बडैला (कैलाली) तदर्थ कार्यसमितिमा मनोनित भएका हुन् ।
