कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।
बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बिहीबार प्रस्तुत भएको प्रस्तावमाथि आज थप छलफल हुने सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार, आजको बैठकमा पार्टीका केन्द्रीय सदस्यले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि सुझाव दिने छन् ।
