आशा लघुवित्तको वित्तीय साक्षरता गोष्ठी सम्पन्न

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार १८:०३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त गोष्ठी लघुवित्तको शाखा कार्यालय हेटौंडाको आयोजनामा बिहीबार सम्पन्न भएको हो ।

कार्यक्रममा वित्तीय अनुशासन, लघुवित्त कर्जा र बचत, कर्जा सदुपयोगिता, व्यापार विस्तार लगायतका विषयमा छलफल भएको थियो ।

गोष्ठीलाई प्रमुख अतिथि हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले लघुवित्तहरुले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखामा हाल १ हजार ३ सय ७२ जना सदस्यहरु आवद्ध छन् ।