नेपाली राष्ट्रिय क्रिकेट टिम बिहानै स्वदेश फिर्ता

तु खबर संवाददाता
२०८० चैत्र २,शुक्रबार ०८:५०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज बिहानै स्वदेश फर्किएका छन् ।

हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उनीहरुलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो ।