पाँच जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार १६:००
फाइल फोटो

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले पाँच जनालाई बुधबार नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका–४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई नगद ४० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।