फेरि बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलामा १ हजार ४ सय ६५ रुपैयाँ कायम थियो ।
