मकवानपुरकी महिला मृत भेटिइन्
मकवानपुर । मकवानपुरमा आज बिहान एक महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको थाहा नगरपालिका वडा नमवर १० स्थित तल्लो बिसिङ्गखेलमा एक महिला मृत भेटिएकी हुन् ।
मृत अवस्थामा भेटिनेमा स्थानीय अन्दाजी ५० वर्षीया ज्ञानीमाया गमाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गमाल खाटमा सुतेकै अवस्थाम मृत भेटिएकी हुन् । उनको शव पोस्टमार्टमको लागि काठमाडौं पठाइएको छ ।
