उपनिर्वाचनका लागि २० दलको निवेदन दर्ता
काठमाडौं । आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दर्ता गराएका छन् ।
निवेदन दर्ता गराउनेमा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क)मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि उक्त पद रिक्त छ ।
