समाचार
नवनियुक्त उपप्रधानमन्त्रीद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । आइतबार एक कार्यक्रमबीच उपप्रधानमन्त्री यादवले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । जसपाबाट उपप्रधानमन्त्री भएका यादवलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस बैठक आह्वान गरेका हुन् । बैठक सभापति देउवाको आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने सभापति...
जुत्ता चप्पल फुकालेर प्रदर्शन उत्रिए मिटरब्याज पीडित
काठमाडौं । मिटर ब्याज पीडितहरूले आइतबार जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन उत्रिएका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले ४१ औं दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शनका उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका थिए । उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर...
परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । सो भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग मन्त्री श्रेष्ठको भेटवार्ता...
चितवनमा टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु
चितवन । चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका एक बिरामीको आइतबार मृत्यु भएको छ । बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापा मगर रहेका छन् । सो अस्पतालमा...
माओवादी केन्द्र संसदीय दलको बैठक आज पनि बस्ने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सो बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनसहितका विषयमा छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि शनिबार बसेको बैठकमा प्रधानमन्त्री...
४ राउन्ड गोलीसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम रहेको सर्लाही प्रहरीले जनाएको छ । उनीहरुलाई अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र...
हेटौंडा भेट्रान्सको उपाधि फ्रेण्डसिपले हात पार्यो
मकवानपुर । नवौं भेट्रान्स राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्सले हात पारेको छ । शनिबार हेटौंडा भेट्रान्स क्लबको आयोजनामा क्याम्पाडाँडा खेल मैदानमा भएको फाइनल खेलमा फ्रेण्डसिपले उपाधि जितेको हो । प्रतियोगितामा फ्रेण्डसिपले किङ्ग कम भेट्रान्सलाई १–० लाई पराजित गरेको हो । यस्तै, प्रतियोगितामा बानेश्वरका हरिहर थापा म्यान अफ...
स्थापना दिवस मनाउन आधा दिन सार्वजनिक विदा
पोखरा । पोखरा महानगरपालिकाले स्थापना दिवस मनाउन आधा दिन सार्वजनिक विदा दिएको छ । महानगरपालिले महानगर स्थापना भएको ७ वर्ष पुगेको उपलक्ष्यमा आधा दिन सार्वजनिक विदा दिएको हो । महानगरपालिकाले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचना अनुसार, महानगरपालिकाका सबै कार्यालय आज दिउँसो १...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेर ९ मिनेटपछि बस्ने गरी आह्वान गरिएको हो । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि...










