४ राउन्ड गोलीसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार १०:२६
file photo

काठमाडौं । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम रहेको सर्लाही प्रहरीले जनाएको छ ।

उनीहरुलाई अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।