२२ अंकले बढ्यो नेप्से, २ अर्ब ९२ करोडको कारोबार

तु खबर संवाददाता
२०८० फाल्गुन २७,आईतवार १७:०४

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा सुधार आएको छ ।

आज नेप्से सूचक २२ दशमलव १० अंकले बढ्दै २ हजार ५२ दशमलव ६५ अंकमा पुगेर रोकिएको हो ।

नेप्से सूचक बढेसँगै आज २ अर्ब ९२ करोड २७ लाख रुपैयाँमाथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् ।