१३.५३ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८१ पुष ७,आईतवार १६:२३

काठमाडौं । आइतबार सेयर बजार (नेप्से) परिसूचकमा गिरावट आएको छ । यसदिन परिसूचक १३ दशमलव ५३ अंकले घटेको छ ।

आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २ हजार ५८३ दशमलव २९ बिन्दुमा झरेको छ ।

आइतबार १५४ कम्पनीको मूल्य घटेको छ भने कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, यसदिन ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको सेयर कारोबार भएको छ ।