बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २८, सोमबार ०८:५०
सांकेतिक तस्बिर

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । ती प्रतिवादीलाई प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–६ घर भएर कपन बस्दै आएका ४२ वर्षीय प्रविण संग्रौला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका उनलाई उच्च अदालत पाटनले २१ लाख जरिवना, ८४ हजार क्षतिपूर्ति र ७ दिन कैद सजाय हुने फैसला गरेको छ ।

२०८० वैशाखमा सो फैसला भएपछि उनी फरार थिए । प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको जनाएको छ ।