माओवादी पदाधिकारी बैठक जारी

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार १७:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल बालुवाटारमा जारी छ । राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बसिरहेको जनाइएको छ ।

मंगलबार हुन लागेको राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि सत्ता गठबन्धनबाट माओवादीले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको छ । बैठकले सो बारे निर्णय गर्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।