प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने

तु खबर संवाददाता
२०८० फाल्गुन २८, सोमबार ०८:४६
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यही फागुन ३० गते विश्वासको मत लिने भएको छ । प्रधानमन्त्री प्रण्डले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।

प्रतिनिधि सभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद् सचिवालयलाई पत्र पठाइएको हो ।

फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि यही फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।