समाचार
सातामा नेप्से ७० अंकको वृद्धि
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि १ हजार ९६० को बिन्दुमा कायम भएको नेप्से अन्तिम दिन बिहीबार २ हजार ३० दशमलव ५६ को बिन्दुमा पुगेको छ । सोमबार मात्र नेप्से ११७ दशमलव ७० अंक अर्थात् ६...
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पाबाट एक जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । जिल्लाको रून्टीगढी गाउँपालिका–१ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्ती मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भनि उजुरी...
लोसपाद्वारा पदाधिकारीबैठक आह्वान
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पदाधिकारी बैठक आह्वान गरेको छ । सो पार्टीले केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । बैठक महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने लोसपाका महासचिव डा.सुरेन्द्र झाले जानकारी दिए । उनका अनुसार, बैठकले पार्टीको संरचना, संगठन...
गाडी दुर्घटनामा परेर १२ घाइते, २ जना गम्भीर
काठमाडौं । सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा बोलेर गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेर दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । दुर्घटनामा परेर घाइते हुनेहरुमा महोत्तरीका...
भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फिर्ता
काठमाडौं । भिजिट भिसामा यूएई जान लागेका ३ जना महिला विमानस्थलबाट फिर्ता भएका छन् । हिमालय एयरलाइन्सबाट दूबई जान लागेका उनीहरुलाई बिहीबार राति फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन...
‘नारीहरुको प्रगतिका लागि योगदान आवश्यक’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सबै नारीहरुको आर्थिक, सामाजिक, शैक्षिक,राजनीतिक तथा विकासका समग्र आयामहरुमा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक पर्ने बताएका छन् । प्रमुख शर्माले शुक्रबार मनाउँदै गरिएको ११४ औं नारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।...
महिला दिवसको अवसरमा वक्तृत्वकला
मकवानपुर । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । वक्तृत्वकला प्रतियोगिता जिल्ला अदालत बार एशोसिएसन मकवानपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा भएको हो । दश जोड दुई (प्लस टु) स्तरीय वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल माविकी छात्रा अभिप्सा पौडेल...
मकवानपुरमा एक युवक मृत भेटिए
मकवानपुर । मकवानपुरमा एक युवक मृत भेटिएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ चुरीडाँडा बस्ने अन्दाजी २८ वर्षीय सोमलाल प्रजा मृत अवस्थामा भेटिएका हुन् । मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मृतम सोमलाल स्थानीय जोगलाल प्रजाका छोरा हुन् । उनी फागुन २४ गते बिहीबार मृत अवस्थानमा...
मकवानपुरका राई पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १८५ ट्याब्लेट लागूऔषध नाईट्राभेटसहित मकवानपुरको बागमती गाउँपालिका–८ बाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागमती गाउँपालिका–८ बस्ने वर्ष २९ को रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
मकवानपुरको एक घरमा आगलागी
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११ मालागिरीस्थित एक घरमा बिहीबार आगलागी भएको छ । स्थानीय सुरेन्द लामाको ढुङगा, माटो र जस्तापाताबाट बनेको कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । उक्त आगलागीबाट घरमा रहेको सुन १ तोला, नगद १...










