मकवानपुरमा एक युवक मृत भेटिए
मकवानपुर । मकवानपुरमा एक युवक मृत भेटिएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ चुरीडाँडा बस्ने अन्दाजी २८ वर्षीय सोमलाल प्रजा मृत अवस्थामा भेटिएका हुन् ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मृतम सोमलाल स्थानीय जोगलाल प्रजाका छोरा हुन् । उनी फागुन २४ गते बिहीबार मृत अवस्थानमा भेटिएका हुन् ।
फागुन २३ गते बुधबार स्थानीय रिमलाल प्रजाको घरमा विहे खान गएका थिए । सोमलाल रिमलालको घरदेखी दक्षिण साइडमा रहेको बाख्राको खोर छेउमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मृतक सोमलालको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको र प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
