जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १६:२८

रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पाबाट एक जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

जिल्लाको रून्टीगढी गाउँपालिका–१ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्ती मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भनि उजुरी परेको आधारमा पक्राउ गरिएको हो ।

उनलाई आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।