राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार बसेको पार्टीको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीका नेता अर्जुन नरसिंह केसीले बताए ।
कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि सो बारे खोज्न छलफल गर्ने निर्णय गरेको उनले बताए ।
उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने उनको भनाई छ ।
