करेन्ट लागेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन २६, शनिबार १३:५३
file-photo

कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापा रहेका छन् ।

विद्युतको सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको उनको मृत्यु भएको हो ।मृतक थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक रहेका थिए ।