कारोबारको अन्तिम दिन १३ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा सुधार आएको छ । आज नेप्से १३.५१ अंकले बढेर २०३० को विन्दुमा कायम भएको हो ।
यस दिन तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै, बिहीबार १० उपसूचकमा हरियाली छाउदा तीन उपसूचकमा भने रातो पोतिएको छ ।
यसअघि बुधबार नेप्से ९.३३ अंकले बढेर २ हजार १७ दशमलव ०३ अङ्कमा पुग्दा ३०८ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार ९ सय ४० पटक खरिदबिक्री भएको थियो ।
यस्तै, हिजो बुधबार रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको थियो ।