नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार १८:१६
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने विषयमा निर्णय गरेको हो ।

नयाँ समिकरणमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपा सहभागी थिए । अब नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको हो ।