समाचार
देउवाले बोलाए लोसपा अध्यक्ष ठाकुरलाई
काठमाडौँ । सत्ता गठबन्धनको नयाँ समिकरण बनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् । बुधबार अपरान्ह ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए । देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास...
हेटौंडा ११ को राप्ति खोला क्षेत्रमा सरसफाई
मकवानपुर । टोल विकास संस्था वडा समन्वय समिति हेटौंटा ११ ले राप्ति रिभर साइडमा सरसफाई कार्यक्रम गरेको छ । यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा – ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतित्थ्ता रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले राप्ती तट हामी सबैको साझा रहेको भन्दै दिनदिनै सफा...
अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, बाँके, झापा, कञ्चनपुर र जुम्ला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको ईटहरी उपमहानगरपालिका–४ स्थित द प्रिन्ट्स ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित मंगलबार एक...
लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् । अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक...
तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । देशको धनुषा, बर्दिया र पर्सा जिल्लाको विभिन्न स्थानमा उनीहरु मृत भेटिएका हुन् । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय नागेश्वर यादव मृत अवस्थामा भेटिएका छन् । यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–५...
माओवादीका ३ मन्त्रीले निरन्तरता पाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम तय गरेको छ । माओवादी केन्द्रका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउने भएका छन् । नयाँ समिकरणमा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । त्यस्तै सञ्चार मन्त्रीका रूपमा फेरि...
सार्क कार्यक्रम समितिको बैठक आजबाट सुरु
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५९ औँ बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । अध्यक्ष राष्ट्रको नाताले यो समितिको बैठक नेपालमा बसेको हो । सो बैठकमा सार्क सदस्य राष्ट्रका विदेश मन्त्रालयका सहसचिव र महानिर्देशकहरुको सहभागिता रहेको छ । सार्क सचिवालयको संयोजनमा सुरु भएको यो...
रास्वपाबाट को–को बन्दैछन् मन्त्री ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाउने भएको छ । गठबन्धनमा भएको सहमति अनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय रास्वपाले पाउने भएको उपसभापति स्वर्णिम वाग्लेले तु खबरलाई जानकारी दिए । वाग्लेका अनुरार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र...
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । एमाले–माओवादीको गठबन्धन बनेसँगै प्रतिपक्षमा पुगेका कांग्रेसले नयाँ रणनीति बनाउन दलको बैठक आह्वान गरिएको हो । बैठक भोलि बिहीबार विहान ९ बजे संसदको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैकठमा पछिल्लो समसायिक...
एमालेबाट को–को बन्दैछन् मन्त्री ?
काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरुको नाम तय गरेको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको योजना बनाएसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले ८ मन्त्रालय पाउनेछ । सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने एमालेका नेताहरुले बताएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम...










