कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । एमाले–माओवादीको गठबन्धन बनेसँगै प्रतिपक्षमा पुगेका कांग्रेसले नयाँ रणनीति बनाउन दलको बैठक आह्वान गरिएको हो ।
बैठक भोलि बिहीबार विहान ९ बजे संसदको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैकठमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
