तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । देशको धनुषा, बर्दिया र पर्सा जिल्लाको विभिन्न स्थानमा उनीहरु मृत भेटिएका हुन् ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय नागेश्वर यादव मृत अवस्थामा भेटिएका छन् ।
यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयातालस्थित बाटो छेउमा बाँके खजुरा गाउँपालिका–८ बस्ने ९५ वर्षीय कल्लु खाँ मंगलबार मृत अवस्थामा भेटिएका छन् ।
यसैगरी, पर्साको बिन्दाबासनी गाउँपालिका–५ हस्वा टोलस्थित खेतमा एक जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार भारत बिहार पूर्वी चम्पारण अनसारुल हक–३ बक्सा गमहरिया बस्ने ४२ वर्षीय मोहमद ईरसाद मृत अवस्थामा फेला परेका हुन् ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
