देउवाले बोलाए लोसपा अध्यक्ष ठाकुरलाई
काठमाडौँ । सत्ता गठबन्धनको नयाँ समिकरण बनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् ।
बुधबार अपरान्ह ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।
देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए ।
नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि थिए ।
माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवाले अर्को समीकरणका लागि दलहरुका नेताहरुलाई भेट्ने क्रम बढाएका छन् ।
