हेटौंडा ११ को राप्ति खोला क्षेत्रमा सरसफाई

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार १५:५७

मकवानपुर । टोल विकास संस्था वडा समन्वय समिति हेटौंटा ११ ले राप्ति रिभर साइडमा सरसफाई कार्यक्रम गरेको छ ।

यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा – ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतित्थ्ता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले राप्ती तट हामी सबैको साझा रहेको भन्दै दिनदिनै सफा गर्नुभन्दा पनि फोहोर नै गर्नुहुँदैन भन्ने चेतनाको विकास गराउनु जरुरी रहेको बताइन् ।

कार्यक्रममा वडा सदस्यद्व सञ्जय विडारी, विकास नेपाललगायतको आतित्यता रहेको थियो ।

सरसफाई कार्यक्रममा राप्ति तटमा रहेको फोहोरहरु बटुलेर जलाइएको थियो ।

सोही अवसरमा हातेमालो बङ्गुर पालक कृषक समूहले फोहोर हाल्नको लागि वडा समन्वय समितिलाई १० वटा डस्टविन वितरण गरेको थियो ।

राप्ति रिभरसाइड सरसफाई तथा निगरानीको लागि सुन्दरलाल श्रेष्ठको अध्यक्षतामा समिति समेत बनाइएको छ ।