समाचार
मकवानपुरमा फागुन २८ देखि मतदाता नामावली अद्यावधिक गरिने
मकवानपुर । मकवानपुरमा यही फागुन २८ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । मंगलबार एक कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका कार्यालय प्रमुख तारा प्रसाद आचार्यले यही फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी गराएका हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित सो कार्यक्रममा...
हेटौंडाको जनप्रिय बालमैत्री विद्यालय घोषित
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, हटियास्थित जनप्रिय प्राविधिक माविलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमबीच जनप्रियलाई बालमैत्री विद्यालयको रुपमा घोषणा गरेकी हुन् । सो क्रममा बोल्दै नगर प्रमुख लामाले मानव विकासको जग नै बालविकास भएको बताइन्...
३ नम्बर पुलमा बस दुर्घटना हुँदा एक दर्जन बढी घाइते
हेटौंडा । पुर्व–पश्चिम सडकखण्ड अनरगत पर्ने बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा एक दर्जन बढी मानिस घाइते भएका छन् । ना ६ ख ९०३० नम्वरको बस ३ नम्बर पुलबाट तल खोलामा खसेको दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएको मकवानपुरका...
कांग्रेस बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलागरी सुरु भएको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने कांग्रेस संसदीय दलका प्रमुख...
रास्वपाले इलाम–२ मा आदिवासी जनजाति उम्मेदवार बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार बनाउने भएको छ । आयामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने तयारी गरिएको सो पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए । निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ गोसलाईन छेउबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले...
मंगलबार ७० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । नयाँ सत्ता समीकरण बनेसँगै सोमबार उत्साह देखिको नेप्से मंगलबार भने गिरावट आएको हो । मंगलबार नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि सोमबार नेप्से...
पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध
काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा मासु र मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी भोलि फागुन २३ गतेदेखि २७ गतेसम्म मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक...
माधव नेपालले केन्द्रीय सचिवालय बैठक बोलाए
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठक बुधबार बिहान ११ बने सचिवालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।...
स्रोत नखुलेको रकमसहित मकवानपुरका दुई जना पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित मकवानपुरका दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले...










