कांग्रेस बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने

तु खबर संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १६:३७
file-photo

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलागरी सुरु भएको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

यस्तै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अन्य दुई वटा निर्णय पनि गर्ने प्रमुख सचेतक लेखकले बताए ।

आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा दल सहभागी छन् ।