रास्वपाले इलाम–२ मा आदिवासी जनजाति उम्मेदवार बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार बनाउने भएको छ ।
आयामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने तयारी गरिएको सो पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर टुंगो लगाउने उनले बताए ।
रास्वपाले ६ पालिकामा सांसद पठाएर स्थानीय मतदातासँग छलफल गरेको थियो । ६ सांसदले ल्याएको प्रतिवेदनमा छलफल गर्ने र उम्मेदवारको छनोट गर्ने काम नयाँ सत्ता समीकरणका कारण ढिलो भएको झाको भनाई छ ।
रास्वपाका नेताहरुले मंगलबारसम्म उम्मेदवारको मोटामोटी टुंगो लाग्ने उनले बताए ।
