माधव नेपालले केन्द्रीय सचिवालय बैठक बोलाए
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, बैठक बुधबार बिहान ११ बने सचिवालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
सचिव श्रेष्ठले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको बताए ।
एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् ।
तर, नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् ।
