बागमतीका ६ मन्त्रीले राजीनामा दिँदै
मकवानपुर । बागमती प्रदेशका ६ मन्त्रीले आज राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सरकारमा मन्त्री बनेका ६ जनाले राजीनामा दिने भएका हुन् ।
बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेको कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
उनका अनुसार, बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको हो ।
प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका उनले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
