हेटौंडा भेट्रान्स कप फुलबल आजबाट

तु खबर संवाददाता
२०८० फाल्गुन २२,मंगलवार ०८:३७

मकवानपुर । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुन लागेको हो ।

प्रतियोगिताको पहिलो दिन मंगलबार पाँच वटा खेल हुनेछ । जसमा पहिलो खेल बिहान ९ बजे नागस्वती भेट्रान्स हेटौंडा र बौद्ध भेट्रान्स काठमाडौं बीच हुनेछ भने दोश्रो खेल मंगलबार नै बिहान १० बजे अभिषेक चर्च र बानेश्वर फ्रेन्स भेट्रान्सबीच हुनेछ ।

यस्तै, तेश्रो खेल बिहान ११ बजे थारू भेट्रान्स र पशुपति भेट्रान्स हेटौंडाबीच हुनेछ भने चौथो खेल मध्यान्ह १२ः३० बजे चितवन भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ ।

यस्तै, उक्त दिनको अन्तिम खेल अर्थात पाँचौ खेल दिउँसो २ बजे हेटौडा भेट्रान्स बि र एन जे.जे वाई सि सिमराबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४५ वर्ष उमेर समूहमाथिका पुर्व खेलाडीहरुको सहभागीता रहनेछन् । साथै टिममा दुई जना खेलाडी अनिवार्य ५० वर्षमाथिको हुनुपर्नेछ ।

फागुन २६ गतेसम्म संचालन हुने प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता र उपविजेत टिमले क्रमशः एक लाख ११ हजार एक सय ११ रुपैयाँ र ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।