हत्याको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २१,सोमबार ०८:५४

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन् ।

सो घटनाको आरोपमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले वडाध्यक्ष रानासँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरेको छ ।

मृतकका बुवाले वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट प्रहरीले अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।