माओवादी केन्द्रको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक हाल जारी छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।
सत्ता गठबन्धन धरमराएसँगै आज बिहानैदेखि नेकपा एमाले, रास्वपालगायतको पार्टीको पनि सचिवालय बैठक बसिररहेको छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
